
- अर्थ सरोकार सम्बाददाता
कास्की । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण चैत्रदेखि नै सुनसान बनेको पोखराको रुप फेरिन थालेको छ । पछिल्लो समय पर्यटकहरु ह्वात्तै बढ्न थालेपछि पोखराले आफ्नो स्वरूप फेरेको हो । विशेषगरी आन्तरिक पर्यटकहरुको चहलपहल पोखरामा निकै बढेको छ । पर्यटकहरुको संख्या बढेपछी पोखराका होटलहरु पनि भरिभराउ हुन थालेका छन् ।
दशैंँको समयमा कार्यालयमा हुने बिदाका कारण पनि पोखरामा पर्यटकहरुको चहलपहल बढेको हो ।
पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा, पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतमा पर्यटकहरुको चहलपहल निकै बढेको छ । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् ।
तर सबै होटलहरु नखुल्दा भने पर्यटकहरु मारमा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्