
- अर्थ सरोकार सम्बाददाता
धनगढी । डिउटीमा खटिएकै अवस्थामा बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको पनि शव फेला परेको छ । शनिवार साँझ ८ बजे मोटरसाइकलमा गस्तीमा गएका बेला बेपत्ता भएका उनको शव मंगलबार फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
मोहना नदीमा डुबिरहेको अवस्थामा प्रहरी जवान साउँदको शव फेला परेको हो । सँगै ड्युटीमा निस्किएका प्रहरी नायब निरीक्षक (असई) विक आइतवार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परेका थिए । उनको उच्च सम्मानका साथ अन्त्यष्टि पनि गरिसकिएको छ । घटनामा संलग्न भएको आशंकामा १६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्