×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु डिजिटल अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने, शेयर निष्कासन गर्ने बाटो समेत खुल्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु डिजिटल अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने, शेयर निष्कासन गर्ने बाटो समेत खुल्यो

Artha Sarokar

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु डिजिटल प्रा.लि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ । दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रा.लिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको हो ।
यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ । नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ । प्रभु ग्रुप अन्तरगतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी र ओटीटी सेवा समेत सञ्चालन गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी