काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युत गृहको आज स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत गृहको अवलोकन गर्नुभएको हो ।विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । उहाँले यसै गरी गल्छी– रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।
भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गर्नुभएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।–रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्