
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन नसकेको हो ।
प्रदेश सरकारले भदौ महिनामा कार्यक्रम तथा अनुदान शिर्षकमा रु नौ करोड ५९ लाख ३२ हजार, प्रशासनिक तलब तथा ब्याज अनुदानमा रु आठ करोड ५७ लाख ४३ हजार, सवारी साधन, मेशिनरी तथा फर्निचर खरिदमा रु एक करोड ४७ लाख, मेशिनरी तथा औजार खरिदमा रु ५२ लाख ७० हजार र सार्वजनिक समृद्धी कार्यक्रममा रु २५ लाख पठाइएको भए पनि सवारी साधन खरिदमा रु ५५ लाख ३५ हजार र कृषकको ब्याज अनुदानमा रु चार करोड मात्र खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले समयमा कार्यविधि नपठाएका कारण कार्यक्रम सञ्चालन हुन नसक्दा विनियोजित बजेटको २२ प्रतिशत रकम मात्र खर्च भएको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ हुने गरेका कारण विनियोजित बजेटको ठूलो हिस्सा प्रत्येक वर्ष फ्रीज हुने गरेको बताउनुभयो ।–रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्