×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय बढी, निको हुनेको संख्या कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय बढी, निको हुनेको संख्या कति ?

Artha Sarokar

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय ७८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा आठ सय ७० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, डोटीमा एक सय ५६, कञ्चनपुरमा ७६, बझाङमा एक सय ६५, अछाममा ८३, बैतडीमा ३५, डडेल्धुरामा ८०, दार्चुलामा एक सय ८८, बाजुरामा ६ र प्रदेश बाहिरका १९ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा महाकाली अस्पतालबाट ४७ र बैतडीबाट ६ जना गरी ५३ जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा अहिलेसम्म सात हजार पाँच सय ९५ जना निको भएका छन् । त्यस्तै, अहिलेसम्म संक्रमितको संख्या नौ हजार दुई सय ९४ पुगेको छ। उनीहरुमध्ये २१ जना मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी