
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । इन्स्योरेन्सले आज शुक्रबारबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।
उक्त लिलामी सेयरमा कात्तिक १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामी सयर खरिदको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० को केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्