
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । शुक्रबार प्रदेश १ मा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा गरिएकोमा प्रदेश १ का विभिन्न जिल्लामा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टी हो । जसमा २४१ महिला र ४१३ पुरुष छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका ९, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३२६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना जितेर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्