- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको छ । कम्पनीले १२० लाख ५२ हजार ८६४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको हो । जस अनुसार संस्थाको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% कायम भएको छ । अव उक्त सेयर नेप्सेमा सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ ।