
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रि.वि. शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटगरी स्वास्थ्य अवस्था बुझ्नुभएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रि.वि. शिक्षण अस्पतालमा पुग्नुभएको हो । डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रह गर्नुभएका डा. केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
डा. केसीले राख्दै आउनुभएका मागहरु पुरा हुने चरणमा रहेको सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न आग्रहसमेत गर्नुभयो । आफ्नो ज्यानको प्रवाह नगरी सत्याग्रह मार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहनुभएको टिप्पणी समेत पूर्वराष्ट्रपति डा. यादवले गर्नुभयो । राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा. केसीको ज्यान बचाउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
डा. केसीको यो १९ औं सत्याग्रह हो । विभिन्न माग राखि १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएका डा. केसी अहिले त्रि.वि. शिक्षण अस्पतालमा रहनुभएको छ । चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी डा. केसी अनशनमा बस्नुभएको हो । तर सरकारले १९ दिन वित्दा समेत समस्या समाधानका लागि अहिले सम्म कुनै पहल गरेको छैन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्