×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेञ्जरलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष रामप्रसाद राना ८० हजार रुपैयाँसहित पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रेञ्जरलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष रामप्रसाद राना ८० हजार रुपैयाँसहित पक्राउ

Artha Sarokar

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी । सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । हिजो (बिहीबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियारले रानालाई धनगढी उप-महानगरपालिका-१ फार्कमोडबाट पक्राउ गरेको हो । वन कार्यालयले केही दिनअघि ट्याक्टर र काठ बरामद गरेको थियो । बरामद काठको मुद्दा मिलाइदिने भनी चौधरीले सेवाग्राहीसँग घुस मागिरहेका थिए । उनमाथि घुस बुझाउन रानाले विचौलियाको काम गरेको आरोप छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी