
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको २४० दिने निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ९० लाख रुपैयाँ गरी कूल एक अर्ब ७८ करोड रुपैयाँ लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम २०७७ कात्तिक २ गतेदेखि २०७८ जेठ ३१ गतेसम्म २४० दिनका लागि मुद्दती निक्षेप राख्न लागेको जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी असोज १८ गते आइतबार ४ बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, निकटतम अघिल्लो वर्षमा मुनाफामा रहेको र रियलस्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्