Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा कार्यालय सिल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
रामेछाप । राष्ट्रिय वाणिज्य बैंकका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रामेछापस्थित मन्थली नगरपालिकाको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै बैंकको शाखा कार्यालय सिल गरिएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अन्य सहकर्मी कर्मचारीहरु होम क्वारेन्टाइनमा रहेका छन् । 
नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन १७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । पछिल्लो समय राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत थुप्रै कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकले विभिन्न शाखामा चरम लापरवाही गरेको भन्दै चौतर्फी गुनासोसमेत आइरहेको थियो ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK