×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बाग्लुङको शेराबजारमा, शाखा सञ्जाल कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बाग्लुङको शेराबजारमा, शाखा सञ्जाल कति पुग्यो ?

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय उदघाट्न जैमिनि नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले गरेका हुन् ।
उक्त अवसरमा जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।
बैंक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनि नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: