×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल, अन्य कर्मचारीको पनि रिपोर्ट आउँदै !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल, अन्य कर्मचारीको पनि रिपोर्ट आउँदै !

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनगढी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना देखिएपछी बैंकको उक्त शाखा सिल गरिएको छ । 
बैंकका सहायक प्रबन्धकमा कोरोना संक्रमण पुष्टी भएपछि बैंकको सम्पुर्ण सेवा बन्द गरिएको बैंकको धनगढी शाखाका शाखा प्रबन्धक हरिशरण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमण फैलिन सक्ने डरले अन्य सबै कर्मचारीको स्वाब संकलन गरिसकेका छौँ, रिपोर्ट आउने बित्तिकै त्यहि अनुसार काम सञ्चालन गछौँ ।’ 
संक्रमित कर्मचारीको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आईसोलेसनमा राखिएको बैंकका शाखा प्रबन्धक हरिशरण भट्टले जानकारी दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: