×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रौतहटमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

Artha Sarokar

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ । 
योसँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी