
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । रौतहटमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ बजे रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको मृत्यु भएको हो
‘विरामीको मुटुको गति पनि अस्थिर थियो, कोभिड संक्रमणका कारण शरीरमा अक्सिजन मेन्टेन भइरहेको थिएन, भर्ना भएदेखि नै हाई फ्लोमा अक्सिजन दिएर आईसियुमा राखेका थियौं,’ डाक्टर हुसैनले भने, ‘बिहान तीन बजेदेखि अवस्था गम्भिर बन्यो । भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनुपर्ने सबै उपाय अपनायौं । तर बचाउन सकिएन ।’ डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए ।
असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्