×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याद गुज्रिएको दुई लाख बराबरको खाद्यान्न सामाग्री नष्ट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

म्याद गुज्रिएको दुई लाख बराबरको खाद्यान्न सामाग्री नष्ट

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट
  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको अगुवाइमा बजार अनुगमन गर्दा भेटिएको अखाद्य बस्तु बरामद गरी मंगलबार नष्ट गरेको हो ।
चन्द्रपुर नगरपालिकाका बिभिन्न बजारहरुमा अनुगमन गर्दा भेटिएको म्याद नाघेको करिब १ लाख ९८ हजार मुल्य बराबरको बिभिन्न किसिमको समान नष्ट गरेको चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहले जानकारी दिए । उपभोक्ता हित संरक्षण मञ्च रौतहट,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर,गुण तथा खाद्य नियन्त्रण कार्यालयको टोलीले गत आईतबार देखी चन्द्रपुर नगरका बजारमा अनुगमन थालेको हो ।
चाडबाड नजिकदै जादा चन्द्रपुर बजारमा म्याद नाघेका तथा गुणस्तरहिन समान बिक्रि गर्ने गरेको गुनासोका आधारमा बजार अनुगमन चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले बताएकी छिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: