×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा १० लाख बढीको अवैध सामान बरामद

LAXMI SUNRISE BANK

रौतहटमा १० लाख बढीको अवैध सामान बरामद

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट। रौतहटमा १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरिएको छ । रौतहटस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले सिमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याउँदै गरेको कपडा,किराना,कस्मेटिक्स,रेडिमेड लगायतको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका डिएसपी नरेश भण्डारी र सशस्त्र बेश क्यामप देवाहीका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीको नेतृत्वमा गएको टोलीले देवाही गोनाही महादेवपटी लगायतका स्थानबाट ७ लाख ९० हजार बराबरको अवैध सामान बरामद गरेको सशस्त्रका एसपी सुर्यसेन ओलीले जानकारी दिएका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय गौर,ईलाका प्रहरी कार्यालय गरुडा, र केही प्रहरीचौकीको टोलीले महादेवपटी, गढीमाई लगायतका स्थानबाट तीनलाख २५ हजार मुल्य बराबरको बिभिन्न भारतीय सामान बरामद गरेको रौतहटका प्रहरी प्रमुख एसपी शिद्धी बिक्रम शाहले बताएका छन् ।
बरामद सामानहरु आवश्यक कारबाहीको लागि आजै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी