×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive: खारेज हुनुपर्ने रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ जनता झुक्याउँदै, बीमा समिति किन मौन ? (भिडियो)

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो
काठमाडौँ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । नेपाली बीमा क्षेत्रको सबैभन्दा अग्रणी जीवन बीमा कम्पनी । लाखौँ बीमित, लाखौँकै संख्यामा बीमा अभिकर्ता, भएको यो कम्पनी बिगत लामो समयदेखि नेपाली बीमा क्षेत्रमा अग्रणी भूमिकाका छ । तर जव पछिल्लो समय एकसाथ थुप्रै बीमा कम्पनीहरु बजारमा आए, नेपाललाइफ नराखी बिमितले पत्याउँदै पत्याउँदैनन् भन्ने शैलीमा विशेषगरी दुई बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सलाई आफ्नो नामपछाडी नेपाल लाइफ इन्स्योरेन्स नझुन्ड्याई भएन । झट्ट सुन्दा नामले के नै हुन्छ र भन्ने जस्तो लागेपनि यी दुइ कम्पनी नेपालको प्रचलित कानुन विपरित दर्ता भएको स्पष्ट भइसकेको छ ।
नेपालको प्रचलित कम्पनी ऐन २०६३ ले स्पष्ट भन्छ, ‘२५ प्रतिशतभन्दा बढी नाम मिल्यो भने उक्त कम्पनीको नाम स्वीकृत हुँदैन ।’ तर ठुला घरानाले लगानी गरेको कम्पनी भएपछी कसले कानुन हेर्ने ? सन नेपाललाइफ इन्स्योरेन्सले सन मात्र अगाडी थपेर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रिलायबलमात्र नाम अगाडी थपेर आफ्नो कम्पनीको नाम दर्ता गराएका छन् । तत्कालीन अवस्थामा यी नामहरु कम्पनी रजिस्ट्रारको कार्यालयले कसरी स्वीकृत दियो ? अनि कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृत दिएपनि यसलाई बीमा समितिले बदर गर्ने आँट किन गरेन ? कुरा स्पष्ट छ ? यहाँनेर ठुला घारानाकाले लगानी गरेकै कारण कसैलाई कानुन हेर्ने फुर्सद नै भएन, वा कानुनमा जे छ छ, हामी हाम्रै पाराले मनपरी गर्छौं भन्ने अहमताले काम गर्यो ।
यसो त कम्पनी ऐन अनुसारमात्र होइन ट्रेडमार्क सम्बन्धि प्रचलित कानुन अनुसार पनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नाम गैरकानुनी छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सन् २०१३ मा नै ट्रेडमार्कमा दर्ता भइसकेको कम्पनी हो । र नेपालको ट्रेडमार्कसम्बन्धि प्रचलित कानुनले भन्छ, ट्रेडमार्क दर्ता भएको नामको अगाडी वा पछाडी केहि थपेर नयाँ नाम प्रचलनमा ल्याउन पाईदैन । तर नेपालको प्रचलित कानुनलाई नै धोती लगाईदिएर दुई कम्पनीले गलत रुपमा दर्ता मात्र भएका छैनन्, बरु यसले समग्र नेपालको बीमा क्षेत्रमै पनि असर गरेको छ ।
यसो त हामीले गलत गरेका छौं भन्ने तथ्य यी दुइ कम्पनीहरुलाई पनि राम्रोसँग थाहा छ । र त जनताको आँखामा छारो हाल्न र यस्ता कुरा उठिहाले भन्ने बाटो पनि बनाउन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो लोगोमा रिलायबललाइफ मात्र राखेको छ भने सननेपाललाइफले पनि आफ्नो लोगोमा सनलाइफ मात्र राखेको छ । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने पनि यो तरिका गलतमात्र होइन, गैरकानुनी पनि छ । यसले बिमितको आँखामा छारोमात्र हालेको छैन, बरु देशका प्रचलित कानुनहरुको पनि सरासर धज्जी उडाईएको छ ।
यसो त बीमा कम्पनीका नाम जुद्धा देशभरका बिमितहरु कन्फ्युजनमा परेका छन् । सूर्या लाइफ इन्स्योरेन्स भनेर सन नेपालमा प्रिमियम तिर्न गएका देखि नेपाल लाइफ भनेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा बीमा गराइएका उदाहरणहरु पनि छन् । यसले एकातर्फ बिमितहरु कन्फ्युजन हुँदा दोहोरो समस्यामा परेका छन् भने अर्कोतर्फ गैरकानुनी नाम प्रयोग गरिरहेका रिलायबल नेपाल लाइफ, वा सन नेपाल लाइफ र लामो समयदेखि नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल लाइफ इन्स्योरेन्स दुबैको ब्राण्डमा धक्का पुगेको देखिन्छ । र यो बीमा समितिले हेर्ने कुरा भएको बताउँछन् जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सुर्यालाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सिए. शिवनाथ पाण्डे । 
विशेषगरी मोफसलमा यस्तो समस्या देखिन्छ । सिक्षितहरुको बसोबास भएको भनिएको पोखरामै पनि आफ्नो कमपनी सूर्या लाइफसँग नाम जुध्दा बिमितहरु कन्फ्युजनमा परेका छन् भन्छन्, सूर्या लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख मिन जिसी !
यसो त रिलायबलले आफ्नो नाम पछाडीको नेपाल हटाएर लोगोमा रिलायबल लाइफ राखेकै छ त भन्ने तर्क पनि छ । यसले एकातर्फ जनताको आँखामा छारो हाल्न खोजिएको प्रष्ट हुन्छ भने अर्कोतर्फ पूरा नाम राखेर अर्थात रिलायबल नेपाल लाइफ इन्स्योरेन्स राखेर नेपाल लाइफ संग नाम जुधाउने र आफ्नो प्रतिष्पर्धी भनिएको नयाँ कम्पनी रिलायन्स लाइफसँग नाम जुधाउन फेरी लोगोमा रिलायबललाइफ मात्र राखिएको आरोप कम्पनीलाई लाग्दै आएको छ ।
यता यस विषयमा नेपाल लाइफ इन्स्योरेन्सको तर्क भने बेग्लै छ । बीमा क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आएका र कानुनबारे पनि सार्है जानकार रहेका नेपाल लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत सिए, बिबेक झा भने नयाँ कम्पनीहरुले नाम जुधाउन खोजे पनि त्यसले आफुलाई कुनै फरक नपर्ने दाबी गर्छन । बिमितहरुले नेपाल लाइफ इन्स्योरेन्सको फन्ट र लोगोसमेत कण्ठ गरिसकेकाले यसले ठुलो समस्या नपर्ने उनको तर्क छ ।  आखिर अव यो समस्याको समाधान के त ? बिमितहरु यसरी झुक्किंदा पनि र कम्पनीहरुले नामको राजनीति गरिरहँदा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति के हेरेर बसेको छ त ? हामीले यस विषयमा बीमा समितिसँग पनि जवाफ मागेका छौं ।
हेरौं यो साताको अर्थ सरोकार टेलिभिजन कार्यक्रममा यहि विषयमा तयारी गरिएको विशेष सामाग्री
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: