
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.६३ प्रतिशत नगद लाभांश गरि १२.६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आफ्ना लगानीकर्तालाई ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँ बराबरको बोनस र २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । अब नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात आरएसडीसीको चुक्ता पुँजी ७३ करोड १९ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्