×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

रुपन्देही । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत ४७ वर्षीय वडा सदस्यको गए राति मृत्यु भएको हो । 
वडा सदस्य तुलाचनलाई असोज १२ गते परिक्षणमा कोरोना ‘पोजिटिभ’ देखिएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिए । उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए ।
यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी