
- अर्थ सरोकार सम्बाददाता
बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । उनी संक्रमणपछि साउन २० गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले उपचारका क्रममा उनको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको बताए । संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्