
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले ९ जना सचिवहरुको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो ।
नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा पठाएको छ भने सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवारीमा पठाएको छ ।
यस्तै प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उक्त मन्त्रालयका सचिव सूर्य गौतमलाई भने युवा तथा खेलकूद मन्त्रालयमा सरुवा गरिएको छ । जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको छ । प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्