
काठमाडौँ । बैंकमा छुरी देखाएर डकैत गर्न खोज्ने एक नेपाली पक्राउ परेका छन् । गेथसबर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले ३० बर्षिय सम्राट लामालाई पक्राउ गरेका हुन् ।
मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए । कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए । लामा बैंक खाता खोल्ने बहानामा बैंक भित्र प्रवेश गरेका थिए । उनले त्यसपछि आफुले बोकेको झोलाबाट चक्कु देखाई पैसा मागेका थिए । उनले कर्मचारीलाई पैसा निकालेर फोहोर फयाक्ने झोलामा राख्न चेतावनी दिएका थिए ।
बैंकका कर्मचारीले प्रहरीलाई फोन गरेका थिए । तत्कालनै प्रहरीहरु बैंकमा पुगेका थिए । सो बेला लामा बैंकभित्रै रहेका थिए , उनि बैंकबाट भाग्न पाएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको हो । लामालाई हातहतियारसहित डकैत,प्रथम श्रेणीको आक्रमण र दोश्रो श्रेणीको आक्रमणको आरोप लगाइएको छ । उनि आगामी नोभेम्बर १३ का दिन अदालत हाजिर हुने भएका छन् । -एजेन्सीको सहयोगमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्