×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला, यी ठाउँबाट आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला, यी ठाउँबाट आवेदन दिन सकिने

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद सेयर बिक्रि खुल्ला भएको छ । फाइनान्सले १:२ अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित मुल्यमा ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो ।
यस हकप्रद सेयरमा बिक्री प्रवन्धकको काम बिओके क्यापिटल मार्केट कमलादीले गर्ने भएको छ । लगानीकर्ताले एस हकप्रद सेयरमा बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । 
फाइनान्सको यो हकप्रद सेयरमा असोज १६ गतेबाट कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हाल यसको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: