
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम मौका रहेको छ । फाइनान्सले १:२ अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित मुल्यमा ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो ।
यस हकप्रद सेयरमा बिक्री प्रवन्धकको काम बिओके क्यापिटल मार्केट कमलादीले गर्ने भएको छ । लगानीकर्ताले एस हकप्रद सेयरमा बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
फाइनान्सको यो हकप्रद सेयरमा असोज १६ गतेबाट कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हाल यसको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्