×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ महिनामै ६० खर्ब कमाएको सामसुङको धमाकेदार कीर्तिमान, चिनियाँ कम्पनीलाई भयो ‘रुनु न हाँस्नू’…!

PRIME CA
GLOBAL IME BANK

३ महिनामै ६० खर्ब कमाएको सामसुङको धमाकेदार कीर्तिमान, चिनियाँ कम्पनीलाई भयो ‘रुनु न हाँस्नू’…!

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • एजेन्सी
विश्वप्रख्यात कम्पनी सामसुङले पछिल्लो त्रैमासमा की ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार चालू सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि भएको छ भने माइक्रोचिप्सको बिक्री ८२ प्रतिशतले बढेको छ । तेश्रो त्रैमासिकमा सामसुङले खूद मुनाफा ८ अर्ब ३० करोड डलर मुनाफा गर्न सफल भएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढी हो ।
यसबाट सामसुङले हुवावेको बजार हिस्सा कब्जा गरिरहेको र अमेरिकी प्रतिबन्धले चिनिया कम्पनी हुवावेलाई ठूलो असर परेको देखिएको छ । जसका कारण चिनियाँ मोबाइलको अर्थतन्त्रमै प्रभाव पर्ने जानकारहरु बताउँछन् । गत अगष्ट महिनामा अमेरिकी वाणिज्य विभागले एक घोषणा गर्दै लाइसेन्स विना हुवोलाई चिप्स बिक्री गर्ने विदेशी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बताएको थियो । 
लकडाउनका कारण विश्वका करोडौँ मानिसहरु घरबाटै काम गर्न बाध्य भैरहेको बेला र अधिकांस कम्पनीहरु घाटामा गइरहेका बेला सामसुङले यस्तो धमाकेदार कमाइ गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: