
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बनसथलीस्थिति कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कार्यालयका माइक्रो क्रेडिट विभागका प्रमुख कर्ण बहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
कार्कीको अहिले काठमाडौँस्थितकै हस्पिटलमा उपचार भइरहेको छ । उक्त कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षणका लागि स्वाप दिइएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ ।