×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले १३.६० प्रतिशत लाभांश पारित गर्न कात्तिक २८ गते बोलायो वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA

सानिमा बैंकले १३.६० प्रतिशत लाभांश पारित गर्न कात्तिक २८ गते बोलायो वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा बैंकले वार्षिक साधारणसभा कात्तिक २८ गते डाकेको छ । बैंकको उक्त साधारण सभा काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा शुक्रबार बिहान ११ बजे सुरु हुने भएको छ । 
सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७७ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष . २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने भएको छ । 
बैंकले हालको अधिकृत पूँजी ९ अर्बलाई बढाएर १२ अर्ब पुर्याउने, बोनस सेयर वितरणपछि हाल जारी तथा चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ लार्ई वृद्धि गरी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ पुर्याउने अजेण्डा समेत एजीएममा पेश गर्नेछ । 
यसैबीच, साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्नेछ । यस अनुसार बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्न कात्तिक १६ गते सेयरधनी बनिसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: