×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक लिमिटेडद्वारा आफ्ना सेयरधनीहरुलाई १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंक लिमिटेडद्वारा आफ्ना सेयरधनीहरुलाई १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा, बोनस र नगद कति ?

Artha Sarokar

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीहरुलाई १३.६०% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस र करसहित ३.६०% नगद लाभांश दिने निर्णय गरेको हो । 
बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेछ । यस्तै ३१ करोड ६८ लाख ४९ करोड ६८० रुपैयाँ नगद लाभांश बाँड्नेछ । बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । 
बैंकले गत वर्ष  ११.०५% नगद लाभांश र १०% बोनस सेयर वितरण गरेको थियो । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी