
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आज (असोज २१ गते)देखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो । कम्पनीले जारी गरेको आइपिओमध्ये १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएको छ भने बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आइपिओमा बिक्री प्रवन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ ।
यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्