×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ असोज २१ गतेदेखि आउँदै

PRIME CA

पैसा ठिक पार्नुहोस् है ! सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ असोज २१ गतेदेखि आउँदै

अर्थ सरोकार

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ असोज २१ गतेदेखि आउने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएको छ भने बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आइपिओमा बिक्री प्रवन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ । 
यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: