×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा नयाँ रेकर्ड, झण्डै ९ लाखले दिए आवेदन…

अर्थ सरोकार

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार

PRIME CA

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा नयाँ रेकर्ड, झण्डै ९ लाखले दिए आवेदन…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा नयाँ रेकर्ड कायम भएको छ । इन्स्योरेन्सको आईपीओमा झण्डै ९ लाखले आवेदन दिएका छन् ।  शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ आवेदन परेको जानकारी दिएको हो ।
आइतबारदेखि इन्स्योरेन्सको सेयर बिक्री बन्द भएको छ । आवेदनको अन्तिम नतिजा आँउदा यसको सँख्या अझै बढ्न सक्छ । इन्स्योरेन्सको सेयरमा हालसम्मकै धेरै आवेदन परेको छ । इन्स्योरेन्सको आइपीओमा १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैंया बराबरको १ करोड ९० लाख १२ हजार ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन मागभन्दा ६.९६ गूणा बढी हो ।
सानिमाले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशनपश्चात पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: