×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा प्रदेशसभा सदस्यसहित २७ लाई कोरोना संक्रमण पुष्टी, जिल्लामा कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार

PRIME CA

सप्तरीमा प्रदेशसभा सदस्यसहित २७ लाई कोरोना संक्रमण पुष्टी, जिल्लामा कति पुग्यो संक्रमितको संख्या ?

  • अर्थ सरोकार सम्बाददाता 

सप्तरी । सप्तरीमा प्रदेशसभा सदस्य अभिषेक यादवसहित २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टी भएको बताएका हुन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको हो । 
उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् । यस्तै अन्य २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। रुपनी गाउँपालिका एक जनप्रतिनिधि र तीन जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका चार जना कर्मचारीसहित राजविराजका नौजनामा संक्रमण देखिएको छ ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना युवकलाई संक्रमण पुष्टी भएको हो । जिल्लामा हालसम्म १ हजार चार सय एक जनामा कोरोना पुष्टी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: