
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा बिहीबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो । महिलालाई असोज २६ गते गरिएको पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टी भएको थियो ।
अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा संक्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए। महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। त्यस्तै संक्रमितको संख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्