×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका(७ ब्रहमपुर घर भई सदरमुकाम राजविराज वडा नम्बर ६ मा डेरामा बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।ज्वरो र रुघाकोखी देखिएकी महिलाको स्वाब संकलन गर्दा गत असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् । 
मृतक महिला उच्च रक्तचाप र मधुमेह रोगबाट समेत पीडित थिइन् । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २० पुगेको छ । यसमध्ये तीन जना महिला छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: