Skip to content
LAXMI SUNRISE BANK

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बसेका छन् । अदालतका एक न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बसेका हुन् ।
आज सोमबार दुई जना न्यायाधीश मात्रै सर्वोच्चमा उपस्थित छन् । ती दुई न्यायाधीश सम्मिलित एकल र संयुक्त इजलासले मात्रै मुद्दाको सुनुवाइ गर्नेछ ।
सर्वोच्च अदालतमा हाल १९ न्यायाधीश छन् । तीमध्ये एक जनालाई कोरोना देखिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माबाहेकका १६ न्यायाधीश क्वारेन्टाइनमा छन् । उनीहरु केही दिन होम क्वारेन्टाइनमा रहने र त्यसपछि स्वाब परीक्षण गर्ने तयारी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK