
सर्लाही । जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् । मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा बजार नरहेको, भारतीय बजारमा दैनिक उपभोग्य सामान सस्तोमा पाउने र चाडपर्व नजिकिँदै गएका कारण पनि सीमावर्ती क्षेत्रका बासिन्दा सीमापारि भारतीय बजारमा निस्फिक्री जाने गरेका छन् ।
जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय तहमा ठूलाखाले बजार नभएका कारण पनि किनमेल गर्न सो क्षेत्रका स्थानीयवासी सीमापारि जान बाध्य भएका हुन् । मुख्य नाका बन्द रहेका कारण खेतबारी र खोलाको बाटो भएर दैनिक सयौँ मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताउनुभयो ।
सीमावर्ती गाउँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाकामात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरु अप्ठयारोमा परिरहेको उहाँको भनाइ छ । जिल्लाको सीमावर्ती दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वालगायत स्थानीय तहका दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि भारतीय बजार पुग्ने गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वर्षाँैदेखिको रीति रोकेर वारिपारि हुने आवागमन ठप्प नै पार्न नसकिने बताउनुभयो । व्यवहारिक समस्या हेरेर काजकीरिया, औषधोपचारजस्ता कार्यका लागि आवतजावत गर्न दिएको भए पनि सरकारले निर्णय नगरेसम्म मुख्य सीमानाका नै खुला गर्न नसकिने प्रजिअ पौडेलले बताउनुभयो । प्रजिअ पौडेलका अनुसार भारतबाट मुख्य नाका हुँदै विभिन्न मालसामान भने दैनिकरूपमा आयात भइरहेको छ ।–रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्