
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।
घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उहाँले बताउनुभयो । आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा बर्तन, टिभी, सिलाई मेसिन, दराज, सुन चाँदी लगायत घर भित्र रहेका सम्पूर्ण समान जलेर १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र र स्थानीयको सहयोगमा आज बिहान आगो नियन्त्रणमा आएको थियो । घर पूर्ण रुपमा जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्