
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रति सेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो । हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ।
यता तीन बर्षपछी बैंकले बोनस सेयर वितरण गरेपनि लगानीकर्ताहरु भने सन्तुष्ट देखिएका छैनन् । ‘नाम अनुसारको काम भएन । लगानीकर्ताहरुलाई बैंकले हेपेको महसुस भएको छ ।’ बजारमा नाम कहलिएका एक लगानीकर्ताले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्