×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनले कार्यान्वयनमा ल्यायो सम्पत्ति शुद्धीकरणसम्बन्धी म्यानुअल, वर्षैपिच्छे स्थलगत निरीक्षण गरिने ! (भिडियो रिपोर्ट)

PRIME CA

सेबोनले कार्यान्वयनमा ल्यायो सम्पत्ति शुद्धीकरणसम्बन्धी म्यानुअल, वर्षैपिच्छे स्थलगत निरीक्षण गरिने ! (भिडियो रिपोर्ट)

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ आज (बिहीबार) देखि कार्यान्वयनमा ल्याएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल आजदेखि लागू गरिएको पनि बोर्डले स्पस्ट पारेको छ । 
बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यस अघि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा बोर्डले सुपरिवेक्षण गर्दै आएकोमा आजदेखि अन्तर्राष्ट्रिय स्तरको रुपबाट जोखिममा आधारित सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल बनाएर जारी गरिएको बताउनुभयो । यसबाट जोखिममा आधारित सुपरिवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कर्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने श्रेष्ठले स्पस्ट पार्नुभयो । 
जोखिमको गणना गर्दा १ देखि ५ सम्म अंक दिइने गरी म्यानुअल तयार पारिएको उहाँले बताउनुभयो । यस अनुसार जसको सबैभन्दा बढी जोखिम अर्थात ५ अंक आउँछ त्यसको वर्षैपिच्छे स्थलगत निरिक्षण गरिने पनि उहाँले बताउनुभयो । कम जोखिम आउनेलाई दुईतीन वर्षको अन्तरालमा स्थलगत निरिक्षण गरिने श्रेष्ठले बताउनुभयो ।
नेपालको धितोपत्र क्षेत्र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त होस भन्ने उद्देश्यले म्यानुअल तयार पारी लागू गरिएको उहाँले बताउनुभयो । सकेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धित क्रियाकलाप नहोस भन्ने रहेको र भइहाल्यो भने पनि सुपरिवेक्षण म्यानुअलबाट भेटाउन सजिलो हुने विश्वास बोर्डको रहेको श्रेष्ठले बताउनुभयो ।
सुपरिवेक्षण म्यानुअलबाट व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणत्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्याङ्कन हुनेछ । यसबाट उनीहरुसँग सम्बन्धित सम्पत्ती शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्नसक्ने स्थितिमा बोर्ड पुगेको श्रेष्ठको भनाई छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: