×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट्सद्वारा कात्तिक २४ गते वार्षिक साधारणसभा आह्वान, २४.२१% नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा !

LAXMI SUNRISE BANK
GLOBAL

शिवम् सिमेन्ट्सद्वारा कात्तिक २४ गते वार्षिक साधारणसभा आह्वान, २४.२१% नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा !

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । शिवम् सिमेन्ट्सको वार्षिक साधारणसभा कात्तिक २४ गते हुने भएको छ । कम्पनीले बिहान ११ बजे जुममार्फत् साधारणसभा बोलाएको हो । कम्पनीले सभामा २४.२१% नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा लैजाने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले करसहित २४.२१% नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले नगदमा १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च गर्नेछ । साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गर्दैछ । जस अनुसार कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।  लाभांश आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १५.७८% नगद लाभांश वितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी