×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र असोज १६ गतेदेखि आउँदै, आवेदन दिन कहाँ जाने ?

PRIME CA

सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र असोज १६ गतेदेखि आउँदै, आवेदन दिन कहाँ जाने ?

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र भाेलि (असोज १६ गते)देखि जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता भने आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ । लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंकको यो ऋणपत्रमा असोज २० गतेसम्म भर्न पाइने छ। बैंकले तोकेकोसमय भित्र मागअनुसार आवेदन नपरे ढिलोमा असोज ३० गते सम्म भर्न पाइने छ । सिद्धार्थले यो ऋणपत्र निष्कासनका लागि रेटिङ सम्पन्न गरीसकेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: