
- अर्थ सरोकार सम्बाददाता
सिन्धुली । सिन्धुली जिल्लामा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सदरमुकामस्थित बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, नेपाली सेना, शिक्षक लगायतका स्वाब परीक्षण गर्दा २६ जनाकाे रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ पुगेको छ भने जम्मा संक्रमितको संख्या १ सय ३३ जना पुगेको छ ।
यसैबीच सिन्धुलीमा मंगलबार भेटिएका संक्रमितलाई राख्ने आइसोलेसनको अभाव भएको छ । कोभिड १९ उपचार केन्द्र एपोलो अस्पताल र सिन्धुली अस्पतालमा रहेको ३९ वेडको आइसोलेसन भरिएपछि संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै सिद्धार्थ बैंक, मेगा बैंक, एनआइसि एसिया बैंक र सहकारीको काम काज अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । साथै, मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी एवम् नायव सुब्बा पुरुषोत्तम दाहाललाई कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो । मालपोत कार्यालयले सार्वजनिक सूचना जारी गरी अन्य कर्मचारी समेत विरामी भएकाले कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि नखुल्ने जानकारी गराएको छ । दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्