Skip to content
LAXMI SUNRISE BANK

जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कर्मचारीमा कोरोना देखियो, सम्पूर्ण सेवा बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।  कर्मचारीमा कोरोना देखिएपछी कार्यालयका शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । 
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोरोना देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिए । 
गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए । 
अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK