×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा स्वरोजगार बन्न ७८ हजारको आवेदन, मन्त्रालयले भन्यो- ‘व्यवसायको प्रगति हेरेर दुई किस्तामा रकम दिन्छौँ…’

LAXMI SUNRISE BANK
GLOBAL

सुदूरपश्चिममा स्वरोजगार बन्न ७८ हजारको आवेदन, मन्त्रालयले भन्यो- ‘व्यवसायको प्रगति हेरेर दुई किस्तामा रकम दिन्छौँ…’

६ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालन मार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाको आवेदन परेको छ । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । 
प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै आवेदन दिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा हेमराज अवस्थीका अनुसार पशुपक्षी विकासतर्फ ७० हजार र कृषितर्फ आठ हजारको आवेदन परेको छ । कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मौरीपालन, भेडाबाख्रापालन, बङ्गुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको छ ।
कृषि मन्त्रालयले २१ दिने समय दिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवेदन सङ्कलन गरेको थियो । कृषि उत्पादकत्व वृद्धि गर्ने र कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ल्याइएको यस कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले मापदण्ड समेत बनाएको छ । प्राप्त निवेदनका आधारमा ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई अख्तियारी दिइसकिएको र तीमध्ये सातदेखि आठ हजार छनोटमा पर्ने प्रवक्ता डा. अवस्थीले बताउनुभयो । 
उहाँले कृषितर्फ ३० देखि ३५ हजार र पशुपक्षीतर्फ ४५ देखि ५० हजार रकम प्रदान गर्ने योजना रहेको बताउनुभयो । त्यसका लागि मन्त्रालयले १५ करोड बजेट विनियोजन गरेको छ । आवेदन परेका मध्ये सबैभन्दा बढी कैलालीको रहेको छ । सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी