
बुटवल । ११ तोला सुन भएको झोला हराउँदा कस्तो हुन्छ होला ? अनुमान गर्नुहोस् त ।  त्यस्तै भयो सैनामैना नगरपालिका–४ की विन्दु पोखरेललाई ।कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो । उक्त झोलामा ११ तोला सुन थियो ।  झोला हराएपछि उनले प्रहरीलाई जानकारी दिइन् ।  प्रहरीले झोला खोज्दै जाँदा बसपार्कमा भेट्टायो ।  उक्त झोला कसैले लगेको रहेनछ । 
फेला परेको सुनका गहना सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले बताए । हराएको सुनका गहना पाउँदा पोखरेल मख्ख परिन् र प्रहरीलाई धन्यवाद पनि दिइन् । 
				
			




						







