
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिरमा साढे एक लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता गरे । प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकको १३औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्