×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले ल्यायो १३औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना, यसो भन्छन् सिइओ पौडेल…! (भिडियो रिपोर्ट)

PRIME CA

सनराइज बैंकले ल्यायो १३औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना, यसो भन्छन् सिइओ पौडेल…! (भिडियो रिपोर्ट)

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत बाल मन्दिर लगायत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो । बाल मन्दिरलाई १ लाख ५० हजार, विद्यार्थीहरुलाई क्लाइमेट सम्बन्धि उद्यमशिलता तालिम प्रदान गर्न हिमालय क्लाइमेट इनिसिएटिभलाई १ लाख ५० हजार र भानू माविमा इ लर्निङ प्लाटफर्म बनाउन जोन्ट क्लबलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 
बैंकले नेपालमै पहिलो पटक मिसकलबाट एनइएको बिल भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । कोभिडका कारण ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डिजिटल सेवालाई प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनुभयो । 
बैंकले वार्षिकोत्सवका अवसरमा भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्नेलाई ५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकका कार्ड होल्डरले मात्रै पाउनेछन । यस्तै बसमा र प्लेनमा सनराइज स्मार्टबाट टिकट खरिद गर्दा क्रमशः २ सय र ५ सय रुपैयाँ क्यासब्याकको सुविधा पनि दिइएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: